लालबन्दी – नेपाली काँग्रेस लालबन्दी नगर समितिले पहिलो पटक नगर समितिको तर्फबाट भित्तेपात्रो अर्थात क्यालेन्डर निकालेको छ ।
पार्टीका शीर्षस्त नेताहरुको तस्बीर अंकित भित्तेपात्रो तयार गरी सुक्रवार बिमोचन गरिएको पार्टीका नगर सभापति प्रशान्त आचार्यले जानकारी दिए ।
नगर सभापति आचार्यकै अध्यक्षता तथा पूर्वमन्त्री एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेताहरु दीपक अधिकारी, बाबुकाजी प्रधान, प्रमोद बराल, विश्वमित्र रिजाललगायतले बोले ।
नेतृ सानु पाख्रिनले स्वागत गरेको कार्यक्रम पार्टीका नगर सचिव कृष्ण कार्कीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीमा काँगे्रस निकट नेपाल प्रेस युनियनबाट निर्वाचित अध्यक्ष टंकबहादुर क्षेत्री र अन्य पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।
यस्तै, नववर्ष २०७८ सालको शुभकामना आदानप्रदान समेत गरिएको काँग्रेस लालबन्दी नगर समितिले जनाएको छ ।