हरिपुर – सर्लाहीको हरिपुरस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिक्रम साह सुक्रवारबाट बिदा भएर गएका छन् ।
हरिपुरमा १६ महिनासम्म ईन्चार्ज भएर बसेका साहको केही दिनअघि जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीमा सरुवा भएको थियो । उनलाई सुक्रवार कार्यालयमा स्थानीयवासी र प्रहरी कर्मचारीले भव्य बिदाई गरेका छन् ।
साहलाई यसअघि बिहिवार उज्यालो अभियान दैनिकले हरिवनस्थित कार्यालयमा बिदाई गरेको थियो । साहले आफू हरिपुर प्रहरीको प्रमुख भएर बस्दा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
आफू अब नवलपरासीमा एक महिनासम्म चल्ने कमाण्डो तालिममा सहभागी भएर जिल्ला प्रहरी कार्यालय जलेश्वरमा हाजिर हुन आउने प्रहरी निरीक्षक साहले बताए । साहको स्थानमा सरुवा भएका महानगरीय प्रहरी परिसर काठमाण्डौं अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत बेदप्रसाद पौडेल पनि नवलपरासीमा आयोजना हुने उक्त तालिम सकेर एक महिनापछि मात्रै हरिपुर आउने बुझिएको छ ।