खैर्बा – जिल्लाको रामनगर गाउँपालिकास्थित खैर्बा बहुअर्वामा वुधवार ६४ अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
चुजी फाउन्डेसन र दलित सरोकार मंच सप्तरीको संयुक्त आयोजनामा जिल्लाको दक्षिण–पश्चिम ग्रामीण भेगमा पर्ने सो गाउँका विपन्न परिवारलाई खाद्यान्न बाँडिएको हो । प्रतिपरिवार २५ किलो चामल, १० किलो पिठो, नुन, दाल, चना, साबुनलगायतका वस्तु वितरण गरिएको बहुजन समाज परिषद्का वरिष्ठ नेता राजाराम पासवानले जानकारी दिए ।
पासवानको पहलमा यसअघि पनि जिल्लाका विभिन्न स्थानका दलित तथा अतिविपन्न परिवारलाई खाद्यान्न प्रदान गरिएको थियो ।