सन्जु कर्ण, उज्यालो अभियान/ हरिवन – ढाँडको मेरुदण्ड भाँचिएर थला परेका सर्लाहीको हरिवन नगरपालिका–१, केराबारीका मदन बजगाईंलाई आर्थिक सहयोग जुटेको छ ।
उनलाई हरिवनकै सहयोगी भावका युवाहरु र मेयर गणेश प्रसाईले व्यक्तिगत तर्फबाट आर्थिक सहयोग प्रदान गरेका हुन् । बजगाईंलाई युवा नेता बिजय पुलामी, एमालेका नेता विनय राई, युवा व्यवसायी निसब श्रेष्ठ, अर्का युवा व्यवसायी दिनेश ज्ञामी र सगुन राईले २० हजार नगद प्रदान गरेका छन् ।
यस्तै, मेयर प्रसाईले पनि लामो समयदेखि थला परेका बजगाईंलाई २० हजार नगद प्रदान गरेका छन् । मेयर प्रसाईले बजगाईंलाई नगरपालिकाबाट नियमित भत्ताको व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता जनाए ।
आर्थिक सहयोग गर्न मनकारी युवाहरु, मेयर प्रसाई, उपमेयर रेणुका पौडेल, एमाले नेता विदुर प्याकुरेललगायत बजगार्इंको घर केराबारीमै पुगेका थिए ।