logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा टाउकाे गिँडेकाे अवस्थामा युवककाे शव फेला


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा टाउकाे छिनालिएकाे अवस्थामा एक युवककाे शव फेला परेकाे छ ।

मलंगवा नगरपालिका-१० निवासी नागेन्द्र रायका छाेरा ३० वर्षीय सुशील रायकाे शरिरबाट टाउकाे छिनालेकाे अवस्थामा विहिबार बिहान शव फेला परेकाे हाे । मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरी नजिकैकाे खेतमा रायकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । बुधबार रातीबाटै सम्पर्क बिहिन भएका सुशिलकाे शव स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटनास्थल पुगेकाे प्रहरीले बरामद शव भन्दा ६१ मिटर पुर्व टाउको समेत बरामद गरेको छ । धारिलो हतियारले प्रहार गरि सुशिलकाे टाउकाे छिनालिएकाे प्रहरीले जनाएकाे छ । हत्यामा संलग्नहरुकाे पहिचान नजिक पुगिसकिएको समेत प्रहरीले दाबी गरेकाे छ ।