नयाँरोड – हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात ‘मह जोडी’ सोमबार सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत नयाँरोडमा आउँदै छन् ।
हरिवन नगरपालिका–९, नयाँरोडमा स्थित मानव सेवा आश्रम उद्घाटनका लागी मह जोडी हरिवन आउन लागेका हुन् । प्रदेश नं. दुईकै सबैभन्दा ठुलो मानव सेवा आश्रमको उदघाटन गर्न आश्रमका सदभावना दुत समेत रहेका मह जोडी आउन लागेको आश्रमका केन्द्रीय उपाध्यक्ष एवं संयोजक धर्मराज पौडेलले जानकारी दिए ।
आश्रममा सडक मानव, अभिभावक विहिन, बेसहारा, अशक्त, मानसिक सन्तुलन गुमाएकाहरुलाई आश्रय दिई रहेको छ । मुख्य कार्यालय हेटौंडा स्थित आश्रममा २३० जना, रजिस्ट्रार कार्यालय काठमाडौं स्थित आश्रममा ६० जाना सडक मानव हरु आश्रित रहेका छन् । सोमबार मह जोडीले उद्घाटन गर्ने नयाँरोड स्थित आश्रममा ७१ जनालाई आश्रय दिईएको थियो । जसमध्ये १० जनालाई पारिवारीक पुनर्मिलन गराईएकाले हाल आश्रममा ६१ जना आश्रित रहेको पौडेलले बताए । मानव सेवा आश्रमको देशै भरिका २२ वटा आश्रमहरुमा १६ सय भन्दा बढि सडक मानवहरु आश्रित रहेको मानव सेवा आश्रमका केन्द्रिय उपाध्यक्ष एवं संयोजक पौडेलले जानकारी दिए ।