वृद्धवृद्धालाई भोजन गराउँदै कोईराला र मन्जरी दम्पति । (तस्बिर : उज्यालो अभियान)
जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–७, का मुक्ति प्रसाद कोइराला र पत्नी ऋतु मन्जरीले वृद्धाश्रमका वृद्धवृद्धालाई भोजन गराएका छन् ।
दिवंगत विल प्रसाद घिमिरेको वार्षिक पुण्य तिथीमा छोरी ऋतु मन्जरी र ज्वाँई मुक्ति प्रसादले पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रीत वृद्धवृद्धा सहित सम्पूर्णलाई बुधबार बिहानको खाना र दिउँसोको खाजा खुवाएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् । आफ्ना सन्ततीबाट अपहेलित भई आश्रममा शरण लिएर बसिरहेका वृद्धवृद्धालाई मनकारी व्यक्तिहरुले यसरी निरन्तर भोजन गराउँदै आएका छन् । यस्ता पुनित कार्यले आश्रम सञ्चालनमा निकै टेवा पुगेको भन्दै अध्यक्ष कोइरालाले मनकारी दाताहरुलाई धन्यवाद प्रकट गरिन् ।