धरहरा – सर्लाहीकाे बागमती नगरपालिका-२, धरहरामा आज (आईतबार) रायमाझीकाे कुलदेबता पुजा सम्पन्न भएकाे छ ।
पञ्चमि तीथिका दिन पारेर रायमाझीहरुकाे कुलपूजा सम्पन गरिएकाे बागमती नगरपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट मेयरका प्रत्यासी कृष्णजंग रायमाझीले जानकारी दिए । कुलपूजामा ३०० बोकाहरुको बलि दिईएकाे रायमाझीले बताए ।
कुलपूजामा मुल पुजारीहरु बद्री बहादुर रायमाझी (मष्ट), रत्न बहादुर रायमाझी (बाहारा) र गोविन्द बहादुर रायमाझी (मण्डालिनी) ले धामीकाे रुपमा पूजाआजा गरेका थिए । ३ बर्षको अन्तरालमा हुने कुल पुजा अर्काे पटक भने २०८० साल मंसिर सुक्लपक्ष पञ्चमि तिथिका दिन गरिने पनि जानकारी गराईएको कृष्णजंग रायमाझीले बताए ।
कृष्णजंग रायमाझीका अनुसार आईतबारकाे कुलपूजामा सर्लाही सहित चितवन, मकवानपुर, बारा, पर्सा, राैतहट, महाेत्तरी र सिन्धुलीबाट रायमाझी समुदायकाे सहभागिता रहेकाे थियाे ।
फाेटाे क्याप्सन : आईतबार दिउँसाे सर्लाहीकाे बागमती नगरपालिका-२, धरहरा स्थित रायमाझीकाे कुलपूजामा सहभागिहरु । (तस्बिर : उज्यालाे अभियान)