logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमतीमा सामाजिक जवाफदेहीता संवाद एवं सामुदायिक अंकपत्रको समिक्षा सम्पन्न


  • उज्यालो अभियान

कार्यक्रमका सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – समग्र जनउत्थान परियोजनाको आयोजनामा बागमती नगरपालिकामा संचालित सहज परियोजना अन्तरगत सामाजिक जवाफदेहीता संवाद (सामुदायिक अंकपत्रको समिक्षा) सम्पन्न भएको छ ।

शुक्रवार बागमती नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच सामाजिक जवाफदेहीता सम्वाद सम्पन्न गरिएको परियोजनाकी निरमा चौधरीले जानकारी दिईन् । परियोजना अन्तर्गत बागमती नगरपालिका–११ र १२ मा समग्र रुपमा लैङ्गिक उत्तरदायिक तथा जवाफदेही न्यायमा पहुचँ सुदृढिकरण (सहज परियोजना) संचालन भैरहेको छ ।

परियोजनाले गत दुईबर्ष यता यि दुई वडामा रहेका नागरिककोे न्यायमा पहुँच र सुरक्षाको लागि विभिन्न संवाद, प्रशिक्षण तथा घरदैलो कार्यक्रम समेत संचालन गरिरहेको छ । यस्तै परियोजनाको कार्यक्रम अन्तर्गत सचेतनाको होर्डिङ बोर्ड, सार्वजनिक स्थलमा सचेतना सामाग्री प्रशारण तथा प्रकाशनको लागि एलईडि टिभी, एलईडी बोर्ड तथा कोरोना संक्रमणको समयमा स्वास्थ्य सामग्री समेत वितरण गरिएको संस्थाले जनाएको छ ।

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित संवाद कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, ईलाका प्रहरीका प्रमुख प्रविन भट्टराई, परियोजना सल्लाहकार समितिका पदाधिकारी एवं सम्पुर्ण सदस्यको समेत सहभागितामा रहेको थियो । कार्यक्रममा समुदायलाई आधार मानेर यस पहिला तयार गरिएको सामुदायिक अंकपत्रको विषयमा समेत सामुहीक छलफल गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले बोल्दै संस्थाले नगरमा महिला हिंसा बिरुद्ध संचालन गरेको अभियानको खुलेर प्रशंसा गरिन् । उपमेयर मोक्तानले परियोजनाले तयार गरेको सामुदायिक अंकपत्र नगरको शिक्षा, स्वास्थ्य, महिला सशक्ति करणको अभियानमा समेत प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।