logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाल मगर संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/लालबन्दी, ३० पुस – नेपाल मगर संघ सर्लाहीको नवनिर्वाचित कार्य समितिले हिजो बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

लालबन्दीमा नेपाल मगर संघका मधेश प्रदेश कार्य समिति महासचिव तेजनारायण आले मगरको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । संघका जिल्ला अध्यक्ष कमलबहादुर क्यापछाकी (कामना) को अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोसहित लेखराम जर्गा मगर, पूर्णबहादुर राना मगर, गीता माझी, बज्रमणी लामा, सिंह योन्जनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका संघका जिल्ला सचिव सन्जय बलम्पाकी मगरले जानकारी दिए ।

योसँगै सर्लाहीका मगर समुदायले यस वर्ष भोली माघ १ गते मकर संक्रान्ति पर्वको अवसरमा पालिकास्तरीय समितिले लालबन्दी र बरहथवामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ ।

सर्लाहीमा अहिले मगर समुदायलाई मकर संक्रान्ति र थारु समुदायलाई माघी पर्वको चटारो छ ।