logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

श्रीमद् भागवात प्रचारप्रसार संघमा पुनः काफ्ले


  • उज्यालो अभियान

लालबन्दी, ३० पुस – श्रीमद् भागवत प्रचार प्रसार संघ लालबन्दीको अध्यक्षमा पुनः पण्डित नारायणशरण काफ्ले चयन भएका छन् ।

आज लालबन्दी ७ स्थित डुमडुमे मन्दिर परिसरमा सम्पन्न नवौं साधारण सभाले काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विष्णुप्रसाद भट्टराई, महिला उपाध्यक्षमा जानदेवि अधिकारी, सचिवमा रामहरि तिमल्सिना, कोषाध्यक्षमा तेजप्रसाद चौलागाई, सहसचिव पशुपतिनाथ खतिवडा, सदस्यहरुमा मधुसुदन सापकोटा, महेन्द्र महतो, नेत्रप्रसाद दाहाल, केशवप्रसाद खतिवडा, बाबुराम अधिकारी, गोमा कार्की र विष्णुमाया कार्की चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा वासुदेव अधिकारी, देविबन्धु थापा, माधवप्रसाद खरेल, विष्णुप्रसाद बराल, ठहरीशंकर दाहाल, बिन्दा काफ्ले प्याकुरेल र भरतकुमार घिमिरे चयन भएका छन् ।

आजै राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमको पनि दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ऋषिप्रसाद सुवेदी अध्यक्ष रहने गरी गुरुकुलमको पनि नयाँ नेतृत्व चयन गरेको छ ।

दुवै संस्थाको साधारण सभा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।