logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नगरपालिकाले दियो पञ्चेबाजा


  • उज्यालो अभियान

परवानीपुर, ३० पुस – सर्लाहीको लालबन्दी नगपालिकाले छत्र जयामती सुन्दरी प्रतिष्ठानलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ ।

लालबन्दी १६ परवानीपुरमा रहेको उक्त प्रतिष्ठानलाई आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पञ्चेबाजा हस्तान्तरण गरिएको हो । विभिन्न शुभकार्यमा प्रयोग हुने पञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यसहित नगरपालिका कार्यालयले समूह नै गठन गरेर पञ्चेबाजा हस्तान्तरण गरेको हो ।

लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाले उक्त सामग्री समूहका पदाधिकारी तथा सदस्यलाई हस्तान्तरण गरेका छन् । नगरको बजेटबाट दमाहा, झ्याली, ट्याम्को, ढोलकीलगायतका बाजा प्रदान गरिएको वडाध्यक्ष थापाले बताउनुभयो ।