नवलपुर, २८ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको नेत्रगंज महिला बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व फेरिएको छ ।
संस्थाको २४ औँ वार्षिक साधारण सभाले यसअघि सचिव रहेका भविता ढकाल अध्यक्ष रहने गरी नयाँ संचालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवगठित संचालक समितिको उपाध्यक्षमा ममता क्षेत्री, सचिवमा मन्जुला पासवान, कोषाध्यक्षमा सम्झना मैनालीलगायत अन्य सदस्य रहेका छन् ।
संस्थाकी अध्यक्ष मन्दिरा आचार्यको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य मनमाया चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाबाट गत आर्थिक वर्षको आय–व्यय तथा आगामी आर्थिक वर्षको बजेट पारित गर्दै उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी, सर्वाधिक बचतकर्तालगायतलाई सम्मान गरेको संस्थाका व्यवस्थापक तुलसीकुमारी पौडेलले जानकारी दिइन् ।