logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम लालबन्दी मेयर गोल्डकप : आयोजक क्वार्टर फाइनलमा प्रवेश


  • उज्यालो अभियान

नवलपुर, १८ माघ – आयोजक जीवेश्वर यूवा क्लब, प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आज गोलबजार स्पोर्टस् क्लब सिराहामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै आयोजक जीवेश्वर यूवा क्लब सर्लाही अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ३७ औँ मिनेटमा आशिष श्रेष्ठले डिबक्सभित्र दिएको उत्कृष्ट पासलाई सुजन स्याङतानले गोलमा परिणत गरे ।

माघ १६ गतेदेखि जारी गोल्डकपमा यसअघि शुक्रबारको खेलमा न्यू त्रियूगा स्पोर्टस् क्लब सप्तरी र शनिबारको खेलमा धनुषा ११ धनुषाले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत भोली सोमबार बेङ्खाडी यूवा क्लब महोत्तरी र मकवानपुर फुटबल संघ हेटौंडाले खेल्ने छन् । फाइनल खेल माघ २७ गते हुने छ ।

लालबन्दी नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने जीवेश्वर यूवा क्लब नवलपुरले जनाएको छ ।