logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अशक्त विश्वकर्माको परिवारलाई दशैँका लागि खाद्यान्न सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ०९ असोज – सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरका एक अशक्त दलित परिवारलाई आज खाद्यान्न सहयोग गरिएको छ ।

केही वर्षअघि घर बनाउने क्रममा छतबाट खसेर मेरुदण्ड भाँचिएपछि हिँड्डुल गर्न गर्न नसक्ने भई थलिनुभएका रामबहादुर बिकको परिवारलाई लायन्स क्लब लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबले आज दशैँका लागि खाद्यान्न सहयोग गरेको हो । बिकको परिवारलाई १५ हजार रुपैयाँ बराबरको खाद्यान्न प्रदान गरिएको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार विकको परिवारलाई दशैँ मनाउनका लागि ५० केजी चामल, ७ केजी दाल, ५ लिटर तेल, ५ केजी आलु, ५ केजी प्याज, ५ प्याकेट नुन, ५ केजी चिउरा, ३ प्याकेट मसला र १२ वटा साबुन प्रदान गरिएको छ । अशक्त विकको परिवारमा दुईवटा छोरा, एउटा छोरी, आमा र श्रीमतीमध्ये एउटा छोरा र एउटा छोरी अशक्त रहेका छन् ।

विकको परिवारलाई एक महिनाअघि मात्रै मनकारी युवाहरु मिलेर चन्दा संकलन गरी घर निर्माण गरिदिएका थिए ।