लालबन्दी, ०६ भदौ – सर्लाहीको मौसम आज धाम्मधुम्म हुने भइरहेको छ ।
यहाँ एकैछिनमा घाम लाग्ने र धुम्मिने भइरहेको हो । राति जिल्लाको केहीभेगमा पानी छिट्याएको थियो । मौसम धाम्मधुम्म भएकाले अघिल्लो दिनको तुलनामा स्थानीयले आज शित्तलताको महशुस गरिरहेका छन् । राति भने हपक्क गर्मी थियो ।
सर्लाहीमा चुरेपाखा क्षेत्रमा प्रायः दिनहुँजसो नै पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग क्षेत्र र सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा एक सातादेखि वर्षा हुन सकेको छैन् ।
दक्षिणी भेगमा पानी पर्न रोकिएपछि किसानले फेरि विद्युतीय मोटर प्रयोग गरेर धमाधम धान बालीमा पानी पटाउन थालेका छन् ।
मध्य साउनपछि एक साताअघिसम्म वर्षा भइदिँदा जिल्लामा लगभग सबैजसो किसानले धान रोपाइँ गरेर सकिसकेका कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।