logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

रग्वीका महिला खेलाडीको बन्द प्रशिक्षण जारी, जर्सी सार्वजनिक


  • उज्यालो अभियान

लालबन्दी, १६ साउन – यही साउन २४ र २५ गते भारतको बिहारमा हुने एसिया रग्वी यू–२० प्रतियोगितामा भाग लिने नेपाली टोलीको जर्सी सार्वजनिक गरिएको छ ।

नेपाली टोली अहिले मधेश प्रदेशको सर्लाहीस्थित लालबन्दीमा बन्द प्रशिक्षणमा छ । टोलीले लालबन्दी ८ स्थित खेल मैदानमा साउन १० गतेदेखि अभ्यास गरिरहेको रग्वी सङ्घ मधेश प्रदेशका अध्यक्ष एवं नेपाली टोलीका म्यानेजर रन्जित साहले जानकारी दिए । रग्वीका महिला खेलाडीलाई प्रशिक्षक सवि बुर्जा मगरले प्रशिक्षण गराइरहेकी छन् ।

नेपाली टोली साउन २१ गतेसम्म प्रशिक्षण गरेर २२ गते भारततर्फ लाग्ने छ । टोली प्रतियोगितामा सहभागी हुन जानु एक हप्ताअघि आज जर्सी सार्वजनिक गरिएको हो ।

हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा जर्सी सार्वजनिक गरिएको हो । जर्सी सार्वजनिक गर्दै नगरप्रमुख पजियारले खेलाडीलाई खेलाडीसहित प्रशिक्षक, म्यानेजरलगायतलाई शुभकामना व्यक्त गरेका छन् ।