logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

लालबन्दी क्षेत्रको बिजुली सूचारु, मलंगवा क्षेत्रमा अझै अवरुद्ध


  • उज्यालो अभियान

लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १२ साउन – सर्लाहीको मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा तानिएको लाइनमा समस्या देखिँदा बिजुली प्रवाहमा समस्या उत्पन्न भएको छ ।

आज मध्यान्हदेखि नै मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बिजुली अवरुद्ध रहेको छ । लालबन्दी र बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा पनि बिजुली अवरुद्ध भएपनि अहिले लालबन्दी र बरहथवाको धेरै क्षेत्रमा बिजुली सूचारु भइसकेको छ । ३३ केभी लाइनको तार पग्लिएर समस्या आएको र अहिले मर्मतको काम जारी रहेकाले मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा लाइन सूचारु हुन अझै केही समय लाग्ने मलंगवा वितरण केन्द्र प्रमुख उमेशप्रसाद यादवले बताए ।

लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवनकुमार यादवले लालबन्दी क्षेत्रको बिजुली भर्खरैबाट सूचारु भएको उज्यालो अभियानसँग बताए ।