logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चन्द्रनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


  • उज्यालो अभियान

तस्बीर : राजीव शाह

नाढीमन, २२ असार – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम हिजो सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा नाढीमन तालस्थित गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा चालू आर्थिक वर्षमा संचालन भएका योजना तथा कार्यक्रमबारे गाउँपालिका अध्यक्ष महतो, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार यादव, विभिन्न शाखाका प्रमुखलगायतले जानकारी दिँदै सहभागीले राखेका जिज्ञाशाको सम्बाेधन समेत गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा सम्पन्न भएको हो । चालू आर्थिक वर्षमा संचालन भएका योजना तथा कार्यक्रमबारे प्रतिक्रिया लिन र आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रमबारे राय, सुझाव संकलन गर्न गाउँपालिकाले वर्षेनि सार्वजनिक सुुनुवाई कार्यक्रम गर्दै आइरहेको छ ।