logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पत्रकार आचारसंहिता पालनासम्वन्धी अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा, १८ असार  – सर्लाही सदरमुकाम मलंगवामा बुधबार पत्रकार आचारसंहिता पालना सम्वन्धी अन्तरक्रिया गरिएको छ ।

प्रेस काउन्सिल मधेश प्रदेशको आयोजनामा सर्लाही जिल्लाका संचारकर्मीलाई सहभागी गराई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा प्रदेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको काउन्सिलकी सदस्य बन्दना झाले जानकारी दिईन् ।

मन्त्री लेखीले पत्रकारको हकहित र उत्थानका लागि आगामी बजेटमा प्राथमिकताका साथ विभिन्न कार्यक्रम समावेश गरिएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपमेयर शकुन्तला देवी साह, आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जीतेन्द्र खड्गा, चलचित्र तथा लोक संचार प्रवद्र्धन बोर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखी, नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह, मिडिया काउन्सिल मधेश प्रदेशका प्रशासकीय प्रमुख टेकबिक्रम साह, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायतको आतिथ्यता रहेको थियो ।