कन्भेक्स मिरर राख्दै ट्राफिक प्रहरी । (तस्बिर : उज्यालो अभियान)
हरिवन, १७ असार – सर्लाहीको हरिवनस्थित महेन्द्र राजमार्गअन्तर्गत कडरिया चोक र ईलाका प्रहरी कार्यालय हरिवन अगाडी ‘कन्भेक्स मिरर’ राखिएको छ ।
चालकहरुलाई विपरित दिशाबाट आउने सबारीसाधनको बारेमा सचेत गराउनका लागि यातायात व्यवस्था कार्यालय मलंगवाको सहयोग अनि अस्थायी ट्राफिक प्रहरी पोष्ट हरिवनको सकृयतामा कन्भेक्स मिरर राखिएको स्थानीय दिलिप थापाले जानकारी दिए । उक्त दुवै स्थानमा अत्यन्त साँघुरो घुम्ती अनि सबारीसाधनको चाप रहने भएकाले दुर्घटना न्यूनिकरणमा कन्भेक्स मिरर जडानले निकै टेवा पुग्ने स्थानीयको विश्वास छ । दुवै स्थानमा घुम्तीका कारण सवारी दुर्घटना भैरहने हुँदा मिरर जडानलेदुर्घटना न्युनिकरणमा सहयोग पुग्ने थापाले जानकारी दिए ।
थापाले मिरर जडानका लागि सहयोग गर्ने यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख शशी प्रसाद यादव एवं ट्राफिक प्रहरीप्रति आभारसमेत प्रकट गरे ।