logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

वन कार्यालयको नर्सरीमा १२ लाख बिरुवा हुर्कदै


  • उज्यालो अभियान

लालबन्दीस्थित सवडिभिजन वन कार्यालय ।

लालबन्दी, २५ जेठ – डिभिजन वन कार्यालय सर्लाहीले करिव १२ लाख बिरुवा उत्पादन गरेको छ ।

वृक्षरोपण महाअभियान संचालन गर्न कार्यालयले आफू र मातहतका सवडिभिजन वन कार्यालयको नर्सरीमा ११ लाख ८६ हजार बिरुवा उत्पादन गरेको हो । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोषकुमार झाले टिक, अमला, अम्बा, महगनी, सिसौ, हर्रो, बर्रो, कल्की, तेजपत्तालगायत जातका बिरुवा वन कार्यालयको नर्सरीमा हुर्किरहेको जानकारी दिए ।

उनका अनुसार लालबन्दीस्थित डिभिजन वन कार्यालयसहित सवडिभिजन वन कार्यालय लालबन्दी, घारी, बाँके, जानकीनगर, मुर्तिया र मलङ्गवाको नर्सरीमा बिरुवा उत्पादन भइरहेको छ । उत्पादित बिरुवा लगातार पानी पर्न सुरु भएपछि वितरण गर्न सुरु गरिने डिभिजन वन कार्यालय सर्लाहीले जनायो ।

डिभिजन वन कार्यालयले १२ लाख विरुवा अतिक्रमण गरिएको वनको जग्गा, अतिक्रमण खाली गरिएको ठाउँ, खोला तथा नदी किनार, सडक छेउछाउमा रोप्ने तयारी छ । कार्यालयले केही वर्षदेखि सर्वसाधारणलाई गाउँ, बस्तीमै लगेर बिरुवा वितरण गर्दै आइरहेको छ । वातावरण संरक्षण र निजी वनको प्रवद्र्धन गर्न यो वर्ष पनि विरुवा वितरण कार्यलाई निरन्तरता दिने तयारी रहेको डिभिजन वन प्रमुख झाले बताउनुभयो ।