logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

आधारभूत पत्रकारिता तालिम सुरु


  • उज्यालो अभियान

कविलासी, २३ जेठ – सर्लाही सदरमुकाम मलंगवामा आजबाट २ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

कविलासी नगरपालिकाको आयोजना तथा तराई मधेश कानून विद्यार्थी समाजको समन्वयमा तालिम सुरु भएको हो । तालिममा कविलासी नगरपालिकाका २५ जना विद्यार्थी सहभागी भएका छन् ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाकी उपाध्यक्ष बन्दना झाको अध्यक्षता तथा कविलासी नगरपालिकाकी उपमेयर पुनम कर्णको प्रमुख आतिथ्यतामा आयोजित तालिमको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, प्रहरी नायब उपरीक्षक सरोज राईलगायतको आतिथ्यता रहेको थियो ।

तालिमको प्रशिक्षकमा रामबाबु खड्का र मनोज यादव रहेका छन् ।