logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विश्व वातावरण दिवसमा वृक्षरोपण


  • उज्यालो अभियान

हरिवन, २२ जेठ – विश्व वातावरण दिवस आज सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ भन्ने मूल नारासहित विश्व वातावरण दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण,र्याली लगायतका कार्यक्रम भएका छन् ।

प्रत्येकजसो विद्यालयले विश्व वातावरण दिवसको अवसरमा आज विद्यालय परिसरमा वृक्षरोपण गरेका छन् । हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको अवसरमा हरिवन नगरपालिका–३, मोहनपुरमा वृक्षरोपण गरेको छ । वातावरण जोगाउनु सबैको दायित्व हो भन्ने सन्देश प्रवाह गर्दै १२० थान पुष्प तथा फलफूल प्रजातिको विरुवा रोपिएको संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।

विश्व वातावरण दिवसको अवसरमा लालबन्दी नगरपालिका–१६, परवानीपुरस्थित स्वास्थ्य चौकी परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको वडाध्यक्ष गणेशबहादुर थापाले बताए ।

ईश्वरपुर नगरपालिका १२ कालिन्जोर मा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षरोपण र वतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए । वातावरणकै विषय राखेर आयोजना गरिएको वतृत्वकला प्रतियोगितामा बिजेता भएका विद्यार्थीलाई नगद र शैक्षिक सामग्रीसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

औपचारिक कार्यक्रम गरी सर्लाहीसहित देशभर विश्व वातावरण दिवस मनाइरहँदा जताततै प्लाष्टिक प्रयोगसँगै यसबाट उत्पन्ने हुने दीर्घकालिन प्रदुषण घटाउन चूनौति रहेको विज्ञले बताउँदै आएका छन् ।