logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

जिल्लामा निर्माणाधीन आयोजनाबारे छलफल


  • उज्यालो अभियान

मलंगवा, २० जेठ – सर्लाहीमा निर्माणाधीन विभिन्न आयोजनाको प्रगति अवस्था, समस्या र त्यसको समाधानका विषयमा हिजो जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा जिल्लामा निर्माणाधीन आयोजनाबारे अन्तरक्रियात्मक छलफल गरिएको हो । छलफलमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार कुशवाहा, स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख ,नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।

छलफलमा कमला–ढल्केबर–पथलैया सडक योजना पूर्व खण्डका प्रमुख, रेल योजना कार्यालय लालबन्दीका प्रमुख, हुलाकी राजमार्ग आयोजनाका प्रमुख, लालबन्दी–सलेमपुर १३२ केभी प्रशारण लाइन र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुखले प्रस्तुतिकरण गरेका छन् ।