अगर्वा, १४ जेठ – सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट छतौनाले सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका¬ २ हथियौलबाट विद्युतीय चुरोट बरामद गरेको हो । भारततर्फ लैजाँदै गर्दा ७९५ पिस विद्युतिय चुरोट बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।
एसपी चन्दका अनुसार बीआर ०६ बी क्यू ५४२७ नम्वरको मोटरसाइकलमा भारततर्फ भन्सार छलेर लैजान लागेको अवस्थामा विद्युतीय चुरोट बरामद गरेको हो । यसको ओसारपसारमा संलग्न मानिस भने सुरक्षाकर्मीलाई देख्नासाथ मोटरसाइकल छाडेर फरार भएका छन् ।
बरामद गरिएको १५ लाख ५० हजार रुपियाँ बराबरको भेप र एक लाख मुल्य बराबरको मोटरसाइकल थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीका डिएसपी गोपीचन्द्र भट्राईले बताए ।