logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चुरेभेगका दुई युवक गाँजासहित बोर्डर एरियाबाट पक्राउ


  • उज्यालो अभियान

मलंगवा, १२ जेठ – सर्लाहीको चुरेवर्ती क्षेत्रका दुई युवक लागुऔषध गाँजासहित सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन् ।

प्रहरीले नेपाल–भारत सीमा नजिक पर्सा गाउँपालिका ५ बाट लागुऔषधसहित ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुरेवर्ती क्षेत्रस्थित लालबन्दी नगरपालिका १६ परवानीपुरका १८ वर्षीय गब्बर वाइबा र १९ वर्षीय दीपेश वाइबा रहेका छन् । उनीहरु १० केजी गाँजासहित पक्राउ परेका हुन् ।

उनीहरुलाई उत्तरी भेगबाट सीमावर्ती क्षेत्रमा लागुऔषध गाँजा लिएर जाँदै गर्दा प्रदेश २–०२–००३ प ५३९४ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । २० वर्ष पनि नपुुगेका युवक लागुऔषधको ओसारपसारमा संलग्न रहँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको सर्लाही प्रहरीका डिएसपी सरोज राईले जानकारी दिए ।