logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

गाडी छाडेर गएकाहरु फर्किएनन्, चाँदी र नगद बरामद


  • उज्यालो अभियान

नवलपुर, १२ जेठ – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट बरामद गरेको एक भारतीय गाडीमा चाँदी र नगद फेला गरेको छ ।

पूर्व पश्चिम राजमार्गमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा बीआर ३० एके ७२२० नम्वरको स्कारपिओ गाडीमा सवार चार जना मानिस भन्सार कागजात ल्याउने र मापसे गरेको चालकको साटो अर्को चालक लिएर आउने भनेर गएका थिए । जेठ ७ गते ट्राफिक प्रहरीले रोकेर राखेको गाडी लिन अहिलेसम्म कोही व्यक्ति फर्किएर नआएपछि स्कारिपिओ खानतलासी गर्दा अगाडिपट्टी इन्जिनको भागमा प्लाष्टिकले बेरेर राखेको धातुका गरगहना र नगद समेत गरेर १५ लाख रुपियाँ बराबरको समान बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

उक्त गरगहना, नगद र सवारी थप कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा बुुझाइएको डिएसपी राईले बताए । कागजात नहुने र गलत प्रयोजनमा प्रयोग हुने भारतीय गाडी यसैगरी प्रहरी चेकजाँचका क्रममा गाडी छाडेर चालक फरार हुने प्रवृत्ति रहेको छ ।