logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बाँके खोलाको ड्यामसम्म ल्याइयो खानेपानी


  • उज्यालो अभियान

घारिबथान, ११ जेठ – सर्लाहीको उत्तर–पूर्वी चुरेभेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित बाँके खोलामा खानेपानी निकालिएको छ ।

सर्लाही र महोत्तरीको सीमास्थित बाँके खोलाको राजारानी मन्दिर नजिकै दुुईवटा समप्वयल (इनार) निर्माण गरेर त्यहाँको पानी करिव ७०० मिटर दक्षिण बाँके खोलाको ड्यामसम्म ल्याइएको हो । राजारानी मन्दिर नजिकको इनारबाट तीन इन्च अर्थात् ९० एमएमको दुईवटा पाइपमा पानी ल्याएर बाँके खोलाको ड्याम नजिकै खसालिएको स्थानीय नारायण ठोकरले जानकारी दिए ।

दुुईवटा पाइपबाट ल्याइएको पानी अब बाँके खोलाको ड्याममा ३० हजार लिटर क्षमताको कलेक्सन चेम्बर निर्माण गरेर विद्युत् मोटरमार्फत चुरेपाखामा पर्ने चौकी डाँडामा अढाई लाख क्षमताको रिर्जभ ट्याङकीमा खसाल्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ । राजारानी मन्दिरदेखि बाँके खोलाको ड्यामसम्म सफलतापूर्वक पानी आएपछि अहिले बाँके खोलाको ड्याममा कलेक्सन चेम्बर बनाउने काम धमाधम भइरहेको खानेपानी उपभोक्ता समितिका सचिव ईश्वरी चापागाईले जानकारी दिए ।

उनका अनुसार आगामी असार मसान्तभित्रै कलेम्बर चेम्बर र रिर्जभ ट्याङकी निर्माण गर्ने योजना रहेको छ । घारिबथानमा बाँके खोलादेखि पानी लगेर चौकी डाँडाको रिर्जभ ट्याङकीसम्म पानी खसाल्न मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७० लाख रुपियाँ बजेट प्रदान गरेको उपभोक्ता समितिका अध्यक्ष प्रमोद बरालले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्था गरी घारिबथानका स्थानीयको घरघरमै खानेपानी पुु¥याउने योजना रहेको उनले बताए । सँधै खानेपानीको अभाव भइरहने घारिबथानका स्थानीय बाँके खोलामा निर्माण भइरहेको खानेपानी आयोजनाको काम पूरा भएपछि घरघरमै खानेपानीको धारा आउने आशमा बसेका छन् ।

खानेपानी डिभिजन कार्यालय सर्लाहीका प्रमुख एवं इन्जिनियर रामनाथ साहले यो वर्षको बजेटले चौकी डाँडाको रिर्जभ ट्याङकीसम्म पानी पुु¥याउन सकिने र आगामी वर्ष थप बजेट विनियोजन भए एक हजार घरधुरीमा घरघरमै खानेपानी वितरण गर्न सक्ने अवस्था रहेको बताए ।