प्रतिकात्मक तस्बिर ।
मलंगवा, ०६ जेठ – सर्लाहीको बलरामा करेन्ट लागेर एक जना पुजारीको मृत्यु भएको छ ।
बलरा नगरपालिका ५ महतो टोलका बिजय महतोको घरमा पुजा गराउन गएका पुजारी गोडैता नगरपालिका २ का ७० वर्षीय महादेव महतोको मृत्यु भएको हो । महतोलाई मोटर जडान भएको चापाकलमा पानी खानेक्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी अर्नाहाले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा नै रहेको छ ।