logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीमा फोटो पत्रकारिता तालिम सुरु


  • उज्यालो अभियान

लालबन्दी, ०२ जेठ – सर्लाहीको लालबन्दीमा हिजोबाट फोटो पत्रकारिता सम्वन्धी १० दिने तालिम जारी छ ।

लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा सगरमाथा नेपाल संस्थाले तालिम आयोजना गरेको हो । तालिमको हिजो संस्थाका अध्यक्ष एवं सर्लाहीका पुराना फोटो पत्रकार रोहितप्रसाद पौडेलको अध्यक्षता, लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको छ ।

तालिममा लालबन्दी नगरपालिकाभित्रका पत्रकारलाई सहभागी गराइएको सगरमाथा नेपालका अध्यक्ष एवं फोटो पत्रकार पौडेलले जानकारी दिए । सहभागीलाई सुरेश विडारी र सविना तामाङले फोटो पत्रकारिताको सम्वन्धमा प्रशिक्षण दिइरहेका आयोजकले जनायो ।