प्रतिकात्मक तस्बिर ।
परवानीपुर, ०२ जेठ – सर्लाहीको लालबन्दी नगरपलिका–१५, देउरालीमा सढेको अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।
देउरालीस्थित चुरेपाखामा पर्ने तीनतले सामुदायिक वनभित्र अन्दाजी ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो । जंगलमा बाख्रा चराउन गएका मानिसले सड्न थालेको र दुर्गन्धित अवस्थामा बेवारिसे महिलाको शव देखेपछि प्रहरीमा खबर पुुगेको थियो ।
घटनास्थलको प्रकृति हेर्दा महिलाको एक साताअघि नै मृत्युु भएको जस्तो देखिने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
स्थानीयका अनुसार मानसिक सन्तुलक ठीक नरहेको महिला केही समयदेखि देउराली क्षेत्रमा मागेर खाँदै हिँड्ने गरेकी थिईन् ।