लालबन्दी, ३१ बैशाख – नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका संस्थापक सभापति नारायणराज जोशीको निधन भएको छ ।
करिव ७५ वर्षीय जोशी फोक्सोको समस्याबाट ग्रसित थिए । उनको आज बिहानपख चितवनको टाँडीस्थित भाईको घरमा निधन भएको खबर प्राप्त भएको लालबन्दी रेडक्रसका वर्तमान सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।
परिवारका अनुसार जोशीको चितवनमै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।