दीपक साहशंकर/हरिपुर, ३१ बैशाख – बालविवाह न्यूनिकरण गर्ने मुख्य उद्देश्यसहित सर्लाहीको हरिपुरमा आज सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुर र नगर स्तरीय मुसहर महिला सशक्तीकरण सन्जाल हरिपुरले हरिपुर नगरपालिका ८ मा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका हुन् । बालविवाह अन्त्य सम्वन्धी सचेतनामूलक ब्यानर र प्ले कार्डसहित भएको पैदल तथा साइकल र्यालीमा किशोरकिशोरी, विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मीलगायत सहभागी भएका छन् ।
सहभागीले बालविवाह अन्त्यका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका ग्रामीण नारी उत्थान संघ हरिपुरको चाइल्ड अर्ली फोस्र्ड म्यारिज (सिइएफएम) परियोजनाकी संयोजक सिर्जना बस्नेतले जानकारी दिईन् । समाजमा अझै पनि चूनौतिका रुपमा २० वर्ष नपुुगी विवाह गर्ने/गराउने परिपाटी रहेकाले सो परिपाटीको अन्त्य गर्ने उद्देश्यले परियोजनामार्फत हरिपुर र ईश्वरपुर नगरपालिकामा सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।
आजको कार्यक्रममा सहभागी हरिपुर नगरपालिका ८ का वडाध्यक्ष हरिबहादुर थापाले बालविवाहमुक्त वडा बनाउन सामाजिक संघसंस्थालाई वडाले भरपूर साथ, सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सहभागीलाई आयोजक संस्थाले बालविवाह नगर्ने/नगराउने भनी हातको छाप लगाएर प्रतिवद्धता समेत लिएका छन् ।