प्रतिकात्मक तस्बिर ।
बागमती, ३० बैशाख – सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी अर्थात् भरत तालमा एक पुरुषको डुबेर मृत्यु भएको छ ।
बागमती नगरपालिका ४ जिरायतका ६७ वर्षीय पाले सार्कीको तालमा डुुबेर मृत्युु भएको हो । बागमती नगरपालिका १२ मा रहेको तालमा सार्कीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्राय घरमा नबस्ने सार्की अत्यधिक गर्मी भएपछि पौडी खेल्न तालभित्र पस्दा डुुबेर मृत्युु भएको आशंका गरिएको छ । शव भेटिएको स्थानभन्दा चार सय मिटर पर तालको डिलैमा सार्कीले लगाएको चप्पल खोलेर राखिएको भेटिएको छ ।
मृतक सार्कीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारलाई बुुझाइएको प्रहरीले जनाएको छ । सार्कीको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।