logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

१५ केजी गाँजासहित हरिवनबाट पक्राउ परे सिन्धुलीका बल


  • उज्यालो अभियान

हरिवन, २४ बैशाख – प्रहरीले हरिवन नगरपालिका–४, पटौनाबाट गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, बस्ने २१ वर्षीय सविन बल रहेका छन् । बलको साथबाट १५ केजी २०३ ग्राम लागुऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताए ।

सिन्धुलीबाट भित्री सडक हुँदै हरिवनतर्फ प्रदेश ३–०२–०१० प ८२९३ नम्वरको टु–ट्वान्टी पल्सरमा लागुुऔषध लिएर आउँदै गर्दा बललाई पक्राउ गरिएको प्रहरीले जनायो ।