logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एसपी खड्काले सम्हाले सर्लाही प्रहरीको कमाण्ड


  • उज्यालो अभियान

मलंगवा, २३ बैशाख – प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्व सम्हालेका छन् ।

प्रहरी उपरीक्षक खड्काले आज जिल्लाका संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आफूले लागुुऔषध नियन्त्रण, सीमा तस्करी नियन्त्रण, सामाजिक सद्भाव कायम लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयबाट सर्लाही सरुवा भएका एसपी खड्का हिजो जिल्ला प्रहरी कार्यालय मलङ्गवा आएर हाजिर भएका हुन् ।

उनले आज नै मातहतका प्रहरी युनिटका प्रमखहरुलाई सदरमुकाम बोलाएर आवश्यक निर्देशन तथा ब्रिफिङ लिएका छन् ।