फूलजोर, २२ बैशाख – फूलजोर बयलवास सडक अन्तर्गत ईश्वरपुर नगरपालिका ५ मा आज बिहान माछा बोकेर गाडी पल्टिएको छ ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । तर गाडीभित्र ड्रममा रहेको माछा सडकभर छरिएका छन् ।
आज बिहान पौने १० बजेतिर बयलवासबाट फूलजोरतर्फ आइरहेको ना ५ च ३३४३ नम्वरको माछा बोकेको बलेरो आफै अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासले जनायो ।