logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

अत्रौलीमा आज सुखदेव महतोको शालिक अनावरण गरिँदै


  • उज्यालो अभियान

हरिवन, २१ बैशाख – तत्कालिन विद्रोही समूह (माओवादी) बाट मारिएका सुखदेव महतोको शालिक आज अनावरण गरिँदै छ ।

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा निर्माण गरिएको महतोको शालिक पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा अनावरण गर्न लागिएको हो । नेपाली कांग्रेसको तत्कालिन अत्रौली गाउँ विकास समिति (गाविस) का सभापति महतोलाई सशस्त्र द्वन्द्व चलिरहेका बेला २०५९ सालमा तत्कालिन माओवादीले निर्मम ढंगले हत्या गरेका थिए ।

महतोको अर्धकदको शालिक १५ दिनभित्रैमा निर्माण सम्पन्न गरेर आज अनावरण गर्न लागिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले जानकारी दिए । उक्त शालिकको बैशाख ६ गते नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले शिलान्यास गरेका थिए ।