logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाल एसबिआई बैंकले गर्यो मुसहर समुदायलाई सहयोग


  • उज्यालो अभियान

हरिपुर, १९ बैशाख – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित मुसहर समुदायलाई सहयोग प्रदान गरेको छ ।

बैंकका प्रदेश प्रमुख उदय पजियारका अनुसार, कार्यक्रम अन्तर्गत स्थानीय मुसहर विद्यार्थीलाई शैक्षिक सामग्री तथा आवश्यक शैक्षिक उपकरणहरू प्रदान गरिएको हो । यसले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

मुुसहर समुुदायका ५९ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको नेपाल एसबिआई बैंकको हरिवान शाखा प्रमुख चक्रप्रसाद ढुंगेलले जानकारी दिए । कक्षा ११ मा अध्ययनरत कृति माझीलाई साइकलसहित शैक्षिक सामग्री प्रदान गरी सम्मान गरिएको छ ।

नगरप्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा मुसहर समुदायका ४१ परिवारलाई पंखा तथा झुल समेत वितरण गरिएको बैंकले जनाएको छ ।