logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, १९ बैशाख – सर्लाही सदरमुकाम मलंगवामा आज नेपाली कांग्रेसले नव वर्ष २०८२ को शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोही अवसरमा जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले भर्खरै नियुक्त गरेको विभागिय प्रमुख र सदस्यको पदस्थापन कार्यक्रम समेत सम्पन्न भएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार जिल्ला सभापति सिंहको अध्यक्षता तथा पार्टीका केन्द्रीय सह–महामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा शुुभकामना आदानप्रसान तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

संस्थापन पक्षको स्पष्ट बहुमत रहेको नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्य समितिले आयोजना गर्ने कार्यक्रममा इतर पक्षका नेताहरु सहभागी नै हुँदैनन् । आजको यो कार्यक्रममा पनि इतर पक्षका नेताहरु देखा नै परेनन् ।