logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

स्ववियु पदाधिकारी र सदस्य सम्मानित


  • उज्यालो अभियान

लालबन्दी, १७ बैशाख – अनेरास्ववियु सर्लाहीले चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आफ्नो संगठनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई आज सम्मान गरेको छ ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा अनेरास्ववियुुबाट निर्वाचित स्ववियु सभापति, पदाधिकारी र सदस्यलाई सम्मान गरिएको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष आशिषबाबु दाहालको अध्यक्षता तथा एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा सम्मान कार्यक्रम सम्पन्न भएको विद्यार्थी नेता समिमबाबु पठानले जानकारी दिए ।

दुुईवटा क्याम्पसमा स्ववियु निर्वाचनमा निर्वाचित सभापति, पदाधिकारी र सदस्यलाई खादा ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको अनेरास्ववियु सर्लाहीले जनाएको छ ।