logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

वडा कार्यालय आफ्नै भवनमा


  • उज्यालो अभियान

ईश्वरपुर, १७ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा आज वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

रामनगरस्थित खानेपानी संस्थाको भवनबाट सञ्चालनमा रहेको वडा कार्यालयको आफ्नै भवन निर्माण गरेर उद्घाटन गरिएको हो । वडा कार्यालय भवनको नगरप्रमुख मनोजकुमार आचार्य र उपप्रमुख रन्जितादेवी चौधरीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको वडा सचिव नवीनकुमार यादवले जानकारी दिए ।

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय लक्ष्मीप्रसाद महतो सुढीले दुुई कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । सोही जग्गामा ४० लाख रुपियाँ खर्चिएर बैठक कोठा, वडाध्यक्ष कक्ष, वडा सचिव कक्षसहितको एक तले भवन तयार पारिएको वडा अध्यक्ष नन्दलाल चौधरीले बताए ।