logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

तीन दिनदेखि मौसम धुम्मी रह्यो, तर पानी पर्न सकेन


  • उज्यालो अभियान

लालबन्दी, १६ बैशाख – सर्लाहीमा ३ दिनदेखि लगातार मौसम धुम्मि रहेको छ । तर यहाँ वर्षा भने हुन सकेको छैन् ।

आइतबार साँझपख जिल्लाको केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको थियो । त्यसबेलादेखि यहाँको मौसम राम्रोसँग उघ्रिएको छैन् ।

घाम नलागेर दिनभर शित्तल हुने गरेको छ । मौसम धुम्मिरहे पनि वर्षा भने हुन सकेको छैन् । घाम नलागेको र तातो हावा चल्न पनि रोकिएकाले यहाँका स्थानीयले शित्तलताको महशुस गरिरहेका छन् ।

किसान, मजदुर तथा बाहिर निस्किएर काम गर्नुपर्ने र यात्रा गर्नुपर्नेहरुलाई ३ दिनदेखि मौसम दिनभर नै धुम्मिएर शित्तल भइरहँदा राहत मिलेको छ । एक साता लगातार उखरमाउलो गर्मी र तातो हावा खेपेका सर्वसाधारणले राहत महुशस गरेका छन् ।

गर्मी निकै घट्दा राति पनि राम्रोसँग निधाउन पाएको स्थानीय बताउँछन् । रातिपख अझ बढी चिसो महशुस हुन्छ ।

अब एक झर पर्याप्त पानी परे जिल्लाको सिँचाई सुविधा नरहेको उत्तरी भेगमा धमाधम मकै छर्न सुरु हुन्छ ।

बेलाबेलामा पानी परिरहेकाले वनजंगल, खोला खोल्सी तथा खेतमा चाँडै घाँस पलाउँदा पशुपालक किसानलाई सहज भएको छ ।