logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मानवसेवा आश्रममा मिष्ठान्न भोजन


  • उज्यालो अभियान

हरिवन, १४ बैशाख – हरिवन नगरपालिका वडा नं. ९ नोचा निवासी कोईराला परिवारले आफ्ना पित्रीहरुको संझनामा हरिवन स्थित मानवसेवा आश्रममा मिष्ठान्न भोजन गराएका छन् ।

आफ्ना स्वर्गिय पति एवं पिता दुर्गाप्रसाद कोईरालाको ३५औं पुन्यतिथीको अवशरमा शनिवार आश्रममा उपस्थित भएर कोईराला परिवारले शनिबार साँझको भोजन गराएका हुन । स्वर्गिय आत्माको बैकुष्ठबासको कामनागर्दै पत्नि योगकुमारी कोईराला एवं छोराहरु डुकुप्रसाद कोईराला, चुडामणि कोईराला, हरि कोईराला लगायतले भोजन गराएका आश्रमका संयोजक प्रतिमा मानव सेवाले जानकारी दिईन् ।

आश्रय विहिन एवं सडक मानवहरुलाई उद्धार गरेर हरिवन १ स्थित कैलाशपुरीमा अवस्थित आश्रममा राखिएको छ । आश्रमको दिगो आम्दानीको श्रोत नभएका कारण संकट परिरहेको बेला कतिपयले आफ्नो जन्मदिन, बिबाहत्सव एवं पुन्यतिथिमा आश्रममा आश्रितहरुलाई भोजन गराउदै आएका जिल्ला अभिभाक संघका उप–संयोजक बिप्लव कार्कीले बताए ।