logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बज्जिका साहित्यकार कुशवाहा भारतमा पुरस्कृत


  • उज्यालो अभियान

मलंगवा, ११ बैशाख – सर्लाहीको गोडैता नगरपालिका–५, रामवन निवासी बज्जिका भाषाका साहित्यकार रामचन्द्र कुशवाहा छिमेकी मुलुक भारतमा पुरस्कृत भएका छन् ।

उनी भारतको नयाँ दिल्लीमा ‘नागरी लिपी परिषद्’ ले आयोजना गरेको अन्तराष्ट्रिय निवन्ध प्रतियोगितामा चौंथो स्थान हाँसिल गरी पुरस्कृत भएका हुन् । विश्वभरका साहित्यकार, प्राध्यापक र निवन्धकारले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

साहित्यकार कुशवाहाले बज्जिका संस्कृतिकै विषयमा लेखेको दुुई हजार ४३५ शब्दको निवन्ध प्रस्तुत गरी पुरस्कृत भएका हुन् । ‘नागरी लिपी परिषद्’ नयाँ दिल्लीले साहित्यकार कुशवाहालाई दोसला ओढाएर सम्मान–पत्रसहित सम्मान गरेको छ ।

बज्जिका साहित्य समाज सर्लाहीको अध्यक्ष समेत रहेका कुशवाहाले मधेश प्रदेशमा बज्जिका भाषाको संरक्षण तथा सम्वद्र्धनका लागि काम गर्दै आएका छन् ।