logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नोकैल्वामा अस्थायी प्रहरी पोष्ट स्थापना


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०५ बैशाख – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–६, नोकैल्वा पिपरामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।

प्रहरी पोष्टको आज बिहान प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र गाउँपालिका अध्यक्ष रामपदारथ साहले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । जिल्ला सुरक्षा समितिबाट निर्णय गरी तत्काल प्रहरी सहायक निरीक्षक (असइ) को कमाण्डमा प्रहरी रहने गरी अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ब्रह्मपुरी गाउँपालिकाले स्वास्थ्य चौकीका लागि निर्माण गरेर चार वर्षदेखि अलपत्र अवस्थामा रहेको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । स्वास्थ्य चौकीको आफ्नै भवन रहेको र चार वर्षअघि स्वास्थ्य चौकीकै लागि भनेर निर्माण गरेर अलपत्र छाडिएको अर्को भवन प्रहरीलाई प्रदान गरी अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको गाउँपालिका अध्यक्ष रामपदारथ साहले बताए ।

वडा कार्यालय, विद्यालय, बर्थिङ सेन्टर र अन्य सङ्घसंस्था रहेकाले सुरक्षाको आवश्यकता महशुस गरी सुरक्षा अधिकारीहरुसँग पहल गरी अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको गाउँपालिका अध्यक्ष साहले बताएका छन् ।

अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति सूूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका निमित्त प्रमुख रामरिझन यादव, गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादव, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतलगायतको आतिथ्यता रहेको थियो ।