मलंगवा, ०४ बैशाख – सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको सरुवा भएको छ ।
उपसचिव घिमिरेको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश जनकपुरधाममा सरुवा भएको हो । घिमिरेलाई प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहित अन्य कर्मचारीले फूलमाला, अबिर र मायाको चिनोसहित बिदाई गरेका छन् ।
सहायक सिडिओ घिमिरे सरुवा भएर गए पनि सर्लाहीमा अर्का उपसचिव पठाइएको छैन् ।
संमीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही साताअघि नै उपसचिव शिवहरि पोखरेललाई सर्लाहीमा सहायक सिडिओको रुपमा सरुवा गरेको भए पनि उनी सम्पर्कमै नआएका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।