लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
परवानीपुर, ०१ बैशाख – लालबन्दी नगरपालिकाको वडा नं. १५ र १६ परवानीपुर तथा ईश्वरपुर नगरपालिकाको वडा नं. १२ घारिबथान क्षेत्रमा रातिदेखि नै बिजुली अवरुद्ध छ ।
स्थानीय नयाँ वर्षको दिन बिजुली नहुँदा अन्धकारमा बस्न बााध्य छन् ।
नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले परवानीपुरको तिनघरे क्षेत्रमा केबुल पड्किएर राति ३ बजेदेखि बत्ती कटेको र अहिले मर्मतको काम चलिरहेको उज्यालो अभियानसँग बताए ।