logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवन एमालेको नेतृत्व चयनमा सकस, सहमती नभए आज मतदान


  • उज्यालो अभियान

हरिवन, ३१ चैत – सत्तारुढ नेकपा एमाले हरिवनको नगर कमिटी चयनमा सकस देखिएको छ ।

तेस्रो नगर अधिवेशन अन्तर्गत सरस्वती पार्टी प्यालेस बासाटोलमा उद्घाटन सत्र हिजो अपरान्ह सम्पन्न भएको थियो । त्यसपछि नयाँ नेतृत्व चयनका लागि हिजै बेलुकाबाट बन्द सत्र सुरु भयो ।

बन्दसत्रमा अध्यक्षका लागि मात्रै ७ जनाले दावी पेश गरेका छन् । स्रोतका अनुसार अध्यक्षमा सीताराम पोखरेल, यज्ञविनोद ढुुंगेल, रामप्रसाद घिमिरे, सुरेश भट्टराई, बेदराज चौलागाई, रामपुकार महतो र नवीनकुमार शर्माले दावी गरेका छन् ।

त्यसैगरी उपाध्यक्ष, सचिव र सहसचिवमा पनि एक भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् ।

अध्यक्ष मण्डलका संयोजक केशव ढकालले आफूहरु अझै पनि सहमतीमै नेतृत्व चयन गर्न छलफलरत् रहेको आज बिहान उज्यालो अभियानसँग बताए । सहमतीमा नेतृत्व नटुंगिए आजै दिउँसो मतदान हुने ढकालले बताएका छन् ।

यसअघि लालबन्दीमा पनि अघिल्लो दिन सहमतीको प्रयास गरी भोलीपल्ट मतदानबाट नेतृत्व चयन गरिएको थियो ।

हरिवनमा एमालेको नगर अधिवेशनका लागि ११ वटा वडाबाट २६८ जना प्रतिनिधि छानिएर आएका छन् । अब आज मतदान भए उनीहरुले नै मत खसाल्न पाउने छन् ।